चट्याङ लागेर बालिका घाईते

सुर्खेत । दैलेखमा चट्याङ लागेर १३ वर्षीय बालिका घाईते भएकी छिन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा -५, लेकडाँडामा स्कुलकाे कक्षा काेठामा पढिरहेकाे बेला खसेकाे चट्याङ लागेर लक्ष्मीकुमारी विक घाइते भएकी हुन् ।

आज दिउँसो करिव १ बजेको समयमा जनसेवा आवासिय माध्यमिक विद्यालयमा कक्षा कोठामा पढाई भइरहेको अवस्थामा विद्यालय नजिकै खसेको चट्याङ लागेर उनी घाइते भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

घाइते बालिका कक्षा ७ मा अध्यनरत छन् । चट्याङको आवजले बेहोस भएकी बिकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया