डिग्रीको सर्टिफिकेट खाडिको सपना !

जीवन संघर्ष पूर्ण छ। मानिस जन्मदा नग्न अवस्थामा हुन्छ र देह त्याग गरि जादा समेत नग्न अवस्थामै घाटसम्म पु¥याईन्छ। जन्म त अन्य प्राणीले पनि लिन्छन्। विभिन्न अवतरमा पृथ्वीको भोग गरिरहेका हुन्छन्। त्यस मध्य मानिस एक चेतनशिल प्राणीको रूपमा कहलिन पुगेको हुन्छ। आफु र आफ्नो अस्तित्व मात्र नभई जगतकै सार्थकता मनुष्य नामक प्राणीबाटै भएको छ।

जब मानिसको जन्म हुन्छ त्यतिबेला देखिनै आफ्नो संघर्षका पार्इलाहररू अघि बढाउँन शुरू गर्छ। जीवनको रमाईंलो भनौ वा कहालीलाग्दो यात्रा त्यहीँ बेलादेखि शुरू हुनेगर्छ। जब उसले आमाको लाम्टो चुस्न थाल्छ, जब उसले बामे सर्न थाल्छ, जब थिर–थिर गरेर उभिन् थल्छ। चेतनाको स्तर फराकिलो हुन थाल्छ, आवस्यकता पनि बढ्न थाल्छ। एक–एक गरेर पूरा गर्न अथक प्रयत्नशील रहन्छ ।

विद्यालय जीवन शुरू हुन्छ। शुरू–शुरूमा रहरनै हुने रहेछ। बा–आमको गालीबाट बच्नकै लागिभए पनि विद्यालय गर्इदिएको जस्तो गरि बाह्रखरीदेखि उसको अध्यान यात्रा शुरू हुन्छ। सोचाई नबन्दासम्म पढाई नबुझ्दासम्म करकाप नै हुनेरहेछ। अरूकै लागि भए पनि पढ्न जानै पर्ने, अरूकै लागि भए पनि अनुशासित हुनै पर्ने, अरूकै लागि भए पनि मेहनत गर्नैपर्ने रहेछ जीवनको कुनै क्षणमा। चाहे जे जस्तो भए पनि आनन्दको पल भनेकै त्यहीँ हुने रहेछ। कसैले अर्ती दियो कुरा सिकायो भने ब्रह्माण्ड तातिने समय भए पनि आनन्द त्यहीँ नै हुने रहेछ। समयले कोल्टे फेर्दै जाँदा पढाइकै महत्व बढेक भान हुँदोरहेछ।

पढाईको लागि वातावरण मिल्नुपर्ने रहेछ। चाहे त्यो पारिवारिक या आर्थिक वा अन्य। यस्तै, वातावरणको चाजोपाजो मिलाउँदै मरुभूमिका फोकटामा सपनाका गगनचुम्बी महल बनाउने अभिलाषा बोकि सहर झर्नुपर्ने अवस्था हाम्रो वास्तविक अवस्था छ। सुखदुःख गरेरै बाले ढुंग्रोमा जम्म गरेर राखेको पैसाले धेरै खुशीलाइ किन्ने रहर हुँदाहुँदै पनि त्यो कल्पनामा मात्र सिमित हुनपुग्ने रहेछ।

जब गोजिमा दाम सकिन थाल्छ तब कोठामा नुन सकिन थाल्छ। साँझ बिहानको एक चम्चाबाटै थोरै घटाएर रारा तालको पनि जस्तै बाक्लो दालसँग जाउलो खानै खोज्दा, साथिले नुन कम छ जस्तो छ भन्दै गर्दा म त नुन कमनै खन्छु भनी मन नलाई–नलाई खानुको जीवन क्या गज्जबको हुने रहेछ। त्यो खल्लो पनालाई पनि स्वादिष्ट बनाउँने रहेछन् ती अभावका फोहोराले। त्यो रवाफ थियो त केवल बाको डिग्री को खोस्टो किन्ने। म पनि बाको त्यो सपनाकोपछि डौडिरहे, कहिले कलेज धाएँ त कहिले कोचिङ कलास। ती कलास हरुमा म खुलेर जान सक्ने अवस्था पनि कहाँ थियो र हजुर! फि तिर्नु पर्ने रहेछ।

आफूसँग गोजिमा सुक्को हुने भन्ने त प्रदेशिलाइ दशै आउनु जत्तिकै हुन्थ्यो । आफुलाई आवश्यक कलम जस्ता अनि पुस्तक व्यवस्था गर्नलाई हम्यहम्य पर्थ्यो। बजारमा कुनै सामान किन्नुपर्यो, कतै बाहिर निस्कदा खल्तीबाट झिनो नगद झार्नुपर्यो भने साँझ बिहानको राराताल सम्झमा बल्झिन पुगिहाल्थ्यो। त्यो पैसामा बाको पसिनाको नुनिलो स्वाद सम्झन्थ्येँ। बाका खोच परेका गाला सम्झिन्थ्येँ। आमाको कुहिना बाट फाटेको चोली सम्झन्थ्येँ। यो मेरो रहर नभइ बाध्यता जस्तो पनि थियो।

हुन त पहिले देखिनै बानी पर्दै आएको मलाई खासै धेरै वास्ता त लाग्थेन। मलाई त्यतिबेला पीडाको बोध हुन्थ्यो मन भक्कानिन्थ्यो जब साथिहरू नयाँ–नयाँ ड्रेसमा कलेज जान्थ्येँ, क्याम्पसबाट हुने हरेक कार्यक्रममा खुला मन लिएर जान्थ्ये। जागिर खानुपर्छ भन्दै विभिन्न कलासहरु सुरु गर्थ्ये। आफुसँग त्यस्तो कुनै सामर्थ्य थिएन।

बिहानको समयमा कलेज गयो दिउँसो फर्क्यो। अघिल्लो दिनदेखि खाएको त्यो मिठो दाल र भातले भोलिपल्ट दिउँसोसम्म सजिलै धान्न सक्थ्यो । नधानोस पनि कसरी अवस्थाले त्यस्तै भोग गराएपछि। दिउँसो पनि खाने भन्ने त्यस्तै हुन्थ्यो, गर्मी हुन्थ्यो, थकान महसुस हुन्थ्यो। पानीमा तताएको केही भएपनि हुन्थ्यो भन्ने लाग्थ्यो तर, त्यस्ता त मेरा दिवास्वप्न मात्र हुन्थ्ये।

कहिँले त ड्रेस सँगै सुतिन्थ्यो त कहिले बासी भातलाई तह लगाउँथ्येँ अनि कल्पना गर्थे त्यो आफ्नै झुपडिको, ती मेरि आमाका काम गर्दा चिरा परेका हातले पस्केको खोले सम्झन नखोज्दा पनि आँखै वरिपरि नै रहन्थ्ये। आमाका तिनै चिरा परेका हात बाका कुर्कुचामा मलम लगाउने सोच मेरो पनि थियो। कुनै चाडबाँडको बेला आमाले भनेको सम्झना आउँथ्यो, घरमा खान खाने बेला तेरै याद मात्र आउँछ छोरा भन्नुहुन्थ्यो। पढाईको भन्दा पिरलो भविष्यको लाग्थ्यो। पढेर के गर्ने भ्यौ नै पाएको थिएन्। यी त मेरा दैनिकी नै थिए। मेरा हरेक दैनिकीसँग बाको खुसी जोडिएको हुन्थ्यो। हरेक कुराको हिफाजत गर्नु थियो। त्यो भन्दाबढी बा–आमाको खुसिको हिफाजत गर्नु थियो।

मेरो शिक्षा!!

आफूभन्दा अग्रज दाजुदिदीका डिग्रीका पट्टिकाहरूमा धमिरेले बस्ती बसाएको, त्यसैमा सांङ्लाले नचरी लगाएको सम्झिदा गहभरी समुन्द्रका छल जसरी भरिन्थ्ये। छताछुल्ल हुन्थ्येँ। मैले मेरो बालाई के देखाउने? एकान्तमा बस्थेँ , मनमा अनेक सपनाका महल बन्न सुरु हुन्थ्यो। कहिले काँहीत लाग्थ्यो मेरो सपना मेरै नामको डिग्रीको सर्टिफिकेटमा लेबिनेशन लगाएर झोलामा बोक्ने अनि जागीरे जीवन शुरू गर्ने।

डिग्री भन्ने कुरा चानचुने थिएन। त्योभन्दा जागिरको त कुनै कुरै नगरौँ । एक मनले भन्थ्यो समयमै खाडी छिर, यो खेर जाने आर्थिक लगानी समयलाइ त्यहीँ लगा। अर्को मन भन्थ्यो तँ यति किन कमजोर बन्छस। तँ त सक्षम छस देशमै केही गर्न सक्छस। जे–जे गर्न पर्छ तँ यहि गर। तेरो पहिलो लक्ष्य डिग्री पूरा गर भन्थ्यो। शिक्षाले सटिफिकेट मात्र दियो तर सीप दिएन्।

सीपबीनाको सर्टिफिकेटको कुनै मूल्य थिएन। आफै भित्र मन–मनबीच द्वन्द्व हुन्थ्यो । पढाई भन्दा पनि आफ्नो व्यवथापन कसरी गर्ने भन्ने पिरलो बढी भएकै प्रभावले होला खाडीका सपनाहरू मनमा खेल्दथेँ । गहिरिएर सोच्न बाध्य बनाउथेँ ती पापी मनहरू। तर, कुनै निर्णय लिन दिदैनथेँ। त्यसै कारण मन भरिएर आँउछ। त्यो आफुलाई बिसन्चो हुँदा आफ्नो प्रवाह नगरेरै भए पनि त्यो डिग्रीको खोक्रो खोष्टो किन्ने सपना बोकेका मेरा ‘बा’ बरू त्यो खर्चलाई एक मिटर तुलको खास्टो किन्नको लागि जम्मा गरेको भए काम लाग्थ्यो होला। परिवारलाई एक मिटर तुलको बस्त्र खोज्नकै लागि त्यति टाँठो गर्न पर्ने थिएन। यो खर्च त केवल बलुवामा पानी जस्तै लाग्न थाल्यो।

हाम्रा शिक्षित र बौद्धिक व्यक्तिलाई हेर्दा पढाई प्रति वितृष्णा जाग्छ। अहिलेको युगमा नपढेका भन्ने पनि कोहि छैनन्। पढेर पार लागेका पनि सबै छैनन्। अहिलेको पढाई वैकल्पिक जस्तो भएको मेरो भोगाई छ। परिवारको खुबीले धान्दा सम्म झोला बोक्यो त्यसभन्दा पछिको विकल्पमा रातो पासपोर्ट त्यहि झोलाको पाकेटमा छदैछ। शिक्षा वास्तवमा ज्ञान र सीपसँग जोडिएको हुन आवश्यक थियो। ज्ञानबीना सीप हासिल गर्न सकस पर्ने हुन्छ।

त्यस्तै, आर्जित सिपलाइ सहि उपयोग गर्न पनि शिक्षा आवश्यक पर्ने रहेछ। तर, हाम्रो शिक्षाले लिइरहेको शिक्षाले त्यो कहिल्यै सिकाएन्। रुखमा चढ्न सिकायो तर झर्न कहिल्यै सिकाएन्। जसरी रुखको टुप्पोमा पुगेर यताउता हेर्दा समात्ने र टेक्ने ठाउँ साँगुरिन्छ त्यसरी नै अहिलेको शिक्षाले डिग्रीको सर्टिफिकेट देखाउने तर, उपलब्धि केही नदिने अवस्था तितो सत्य हो।

खाली किताबी ज्ञान मात्र वास्तविक ज्ञानको रुपमा परिभाषित गर्ने काम गर्यो। व्यावहारिमताका सवालमा कहिल्यै मेरो शिक्षा प्रणालिले वकालत गरेन। त्यो खोस्टोलाइ सिरानिमा च्यापेर खाडिको ५५ डिग्रीको घामको मस्तले सपना देखाउँनु सिवाय केही काम लागेन्। शिक्षण महासागर हो। यहाँ त जीवन पार लगाउने उपाय सिकाइनु पर्थ्यो। पौडिन सिकाउनु को सट्टा नदिमा हात बाँधेर फालिदियो तर पार लाग्न कहिल्यै सिकाएन्।

पुतलिको लार्भा जस्तो हुने भयो मेरो देशको शिक्षा। आफ्नो केही अगाडि खाना छ तर त्यसलाइ कसरी खाने सिकाएन्। सिकायो त केवल छट्पटीन र हल्लिन मात्र। यसरी कहिले जागिरको आश देखायो त कहिले सफलताको आश देखायो अन्त्यमा खाडिको सपना देखायो।

मेरो शिक्षा!!

कहिलेकाही त लाग्छ बल शिक्षा देखि सुरु भएको औपचारिक शिक्षा व्यावस्थाले कुनै तहाका कक्षाहरुमा त्यो खाडिको गर्मी बाट बच्ने उपाय सिकाइदेवस। डटेर ठुला ठुला मेसिन कलकार खानामा काम गर्ने तरिका सिकावस। बगाएको त्यो रगत र पसिनालाइ पुछ्न सिकादेवस। त्यसका साथै परिवार र आफन्तजनलाइ खाडिको लास काठको बन्द मोडिएको बाकसमा लास आउँदा सहर्ष स्वीकार गर्ने क्षमता सिकावस यी त भावना र कल्पना मात्र थिए।

उता समाजले पनि राम्रै अपेक्षा गरेकै थियो। जीवन बनाउछ। बा–आमाका च्यातिएका नङ्ग्रामा मलम लिएर आउँछ। सबैको लागि खुसी लिएर आउँछ। त्यो त भुमरिले तानिसकेको वस्तु फिर्ता हुनु जस्तै भयो। डिग्री को सटिफिकेट लिएर समाजमा अनुकरणीय बन्ने सपना कस्को पो हुदैन र। आशाका किरणहरु बादलमै लुटपुटिन बिवस भए । जीविकोपार्जन गर्न न त म सँग कुनै इलम थियो न त कुनै सीपनै थियो त केवल डिग्रीको सटिफिकेट मात्र।

यसले कुनै पार लगाउन सकेन्। यसले त भोक लागेको बेलामा जिब्रोमा चट्नी लगाए जस्तो मात्र भयो। पूरा तृष्णा मेटाउन सकेन्। उता साहुको ॠण दिन दुई गुणा रात चौगुणाका दरले उकालो लागिरहेको थियो। बगर छेउमा बाँकी रहेको जग्गा जमिन पनि पुरै लिलाम भैसकेको थियो। चोक्टा खान गएकि बुढी झोलमा डुबेर मरि भनेको जस्तो मेरो जीवन भएको थियो। ठूलो बज्रपात मेरो परिवार माथी परेको थियो।

अब बाँकी दुखलाइ फ्रेम लगाउने केवल खाडिको सपना मात्र बाँकी थियो। डिग्रीको लालपुर्जा ले बाटो देखाउन नसक्दा परिवारको दुख पीडा ओत्न पनि खाडी पस्नुपर्छ भन्ने लाग्ने रहेछ। क्षितिज पारिको त्यो खाडिको सपनाले पनि सताइ रहने रहेछ। खुसी त खाडिबाट मात्र पाइने रहेछ। बीना सीप र क्षमताको योग्यता भन्दा खाडिनै लायक लाग्ने रहेछ।

(लेखक गौतम सुर्खेत बहुमुखी क्याम्पस वी.एड. चौथो वर्षमा अध्ययानरत छन्।)

तपाईको प्रतिक्रिया