स्थानीयले गरे रत्न राजमार्ग अवरुद्ध, यात्रुकाे विचल्ली

सुर्खेत। जंगली जनावरकाे आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाकाे मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दाेलनमा उत्रिएका छन् । भेरीगंगा नगरपालिका-५ गेरवानीमा घास काट्न गएका रामबहादुर चन्द्र र कवि ओलीकाे जंगली  जनावरले खाएकाे अवस्थामा शव भेटिएपछि स्थानीयले बबइमा सडक अवरुद्ध गरेका हुन् ।

आज विहान ११ बजेदेखि रत्नराजमार्ग स्थानीयले अवरुद्ध गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् एसएसपी माधवप्रसाद श्रेष्ठले नेपालीरैबारलाई जानकारी दिए । स्थानीयले मानवीय क्षति पुर्याउने जंगली जनावरलाई नियन्त्रणमा लिनुपर्ने, उचित क्षतीपूर्ती दिनुपर्ने र मध्यवर्ति क्षेत्रकाे खारेजीकाे माघ अघि सारेकाे भेरीगंगा नगरपालिका-५ नम्बर वडा कार्यालयका वडाध्यक्ष प्रेमबहादुर सारुले नेपालीरैबारलाई बताए ।  प्रहरी प्रवक्ता श्रेष्ठकाअनुसार अवरुद्ध सडक सुचारु गर्न समन्वय भइरहेकाे छ । सडक अवरुद्धहुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबइ पुल पारी र वारीतर्फ राेकिएका छन ।

तपाईको प्रतिक्रिया