रातको समयमा सुर्खेत-कोहलपुर सडकमा मोटरसाइकल चलाउँन रोक

सुर्खेत। रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउनमा रोक लगाईने भएको छ। जिल्ला प्रशासनका कार्यालय सुर्खेतले एक सुचना जारी गर्दै रत्न राजर्माग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउँनमा रोक लगाउँने जनाएको छ।

जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको हो।

प्रशासनकाअनुसार आइतरबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब तीन/चार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो। त्यसै विषयमा लिएर आफ्न्तले सोमबार बिहान ११ बजेदेखि आफन्तहरुले विभिन्न मागहरु राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए।

प्रशासनमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जंङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल)लाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि रही सञ्चालन गर्ने निर्णय गर्दै व्यवस्थाको लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ।

यस्ताे छ, प्रशासनकाे सुचना

तपाईको प्रतिक्रिया