कस्तो रहला आजको मौसम?

काठमाडौं।  पछिल्लो समय देशका अधिकांश भूभागमा आंशिक बदली रहको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ।

दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार भने गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेका पहाडी भूभागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया