बहुविवाह मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

सुर्खेत। मुगुमा पाँच वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन्। बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका–६ जिमा बस्ने ३३ वर्षका फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो।

बहुविवाह गरी फरार रहेका विवाह सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो। प्रहरीका अनुसार उनी कैद भुक्तान नगरीकन फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, ज्यान सम्बन्धी कसुर सवारी ज्यान मुद्दामा फरार रहेका छायानाथ रारा नगरपालिका–६ बालैका ३१ वर्षीया गणेश भाम पक्राउ परेका छन्। उनलाई २०७७ फागुन १८ गते फरार भई करिब २ वर्षपछि पक्राउ परेका हुन्।

भामलाई २ महिना ६ दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। यी दुवै फरार अभियुक्तलाई रितपूर्वक जिल्ला अदालत मुगुले जुम्ला जिल्ला कारागार चलान गरेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया