सुर्खेत । भेरीगंगा नगरपालिका–५ गेरवानीमा साउन ३० गते आइतबार बाघको आक्रमणबाट दुई जनाको मृत्यु भयो । सोही ठाउँका स्थानीय रामबहादुर चन्द र कवि वली घास काट्न भनेर बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा उक्लिएका बेला बाघको शिकार बने । तर बुधबार बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले मान्छे खाने पाटेबाघ (वगिनी) लाई नियन्त्रणमा लिएको छ ।
याे पनि पढ्नुहाेस् : भेरीगंगामा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु
कसरी लाग्यो पत्ता ?
साउन ३० गते विहान घास काट्न गएका दुई जनाको ज्यान गरी बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको खवरपछि बर्दिया राष्ट्रिय निकुञ्जले गेरवानी क्षेत्रमा निगरानी राखेको थियो । मानव र वन्यजन्तुविचको द्वन्द्वपछि निकुञ्जले घटना भएको क्षेत्रमा निगरानी बढाउने गरेको छ । घटना भएकै दिनदेखि निकुञ्जको विशेषटोली गेरवानी आसपासमा खटिएको थियो ।
याे पनि पढ्नुहाेस् : स्थानीयले गरे रत्न राजमार्ग अवरुद्ध, यात्रुकाे विचल्ली
‘गेरवानीमा दुई जनाको मृत्यु भएपछि हामीले त्यस क्षेत्रमा निगरानी राखेका थियौं,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले नेपालीरैबारकर्मीसँग भने, ‘मान्छेमाथि नै आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ । किनकी बाघले शिकार गरेको क्षेत्रमै रहन्छ तर बुधबार विहान सल्यानमा दुई पशुचौपाय मारेपछि पत्ता लगाउन थप सहज भएको हो ।’
बुधबार विहान कालिमाटी गाउँपालिका–७ बाटुलेका स्थानीय तुल्सीकुमारी घर्तीको गोठमा बाँधेका दुई गोरु त्यहीँ बाघले मारेको थियो । सल्यानको बाटुले र सुर्खेतको गेरवानी सीमा जोडिएको निकुञ्ज क्षेत्र हो । ‘बाटुलेमा दुई गोरु बाघले मारेको र एक घाईते अवस्थामा रहेको खवरपछि प्रहरी, निकुञ्ज र नेपाली सेनाको टोली बाटुले क्षेत्र पुगेको हो,’ श्रेष्ठ भन्छन्, ‘गोरु मारेको करिव दुई सय मिटरको दुरीमा रहेको खोल्साको बासघारीमा बाघ आराम गरिरहेको अवस्थामा लठ्याउने सुईको प्रयोगबाट नियन्त्रण लिन सफल भयौं ।’
याे पनि पढ्नुहाेस् : गेरवानी घटना : वली र चन्दलाई बाघले मारेको स्थानीयको दावी
मान्छे खाने बाघ यहीँ हो भन्ने आधार के ?
मान्छे खाने बाघ यहीँको हो भन्ने आधार के हो भन्ने प्रश्नमा प्रमुख संरक्षक अधिकृत भन्छन्, ‘कमजोर अवस्थामा रहेको बाघले जंगलमा शिकार गर्न नसकेपछि मान्छे र पशुचौपायलाई आक्रमण गर्दछ । बुधबार नियन्त्रणमा लिएको बाघ पनि त्यहीँ कमजोर प्रकृतिकै भएकाले सुर्खेतमा दुई जनाको ज्यान लिने बाघ पनि यहीँ नै हो ।’
याे पनि पढ्नुहाेस् : रातको समयमा सुर्खेत-कोहलपुर सडकमा मोटरसाइकल चलाउँन रोक
नियन्त्रणमा लिएको बाघको केही नङ्ग्रा र दात भाँचिएको र गर्दनमा चोट रहेकाले पनि मान्छे मार्ने बाघ पनि त्यहीँ नै भएको श्रेष्ठ बताउँछन् । ‘जंगलमा शिकार गर्न परिपक्क बाघले वस्ती छेउमा पुगेर क्षती पु¥याउने शाहस गर्दैन्,’ श्रेष्ठले भने, ‘११ वर्ष उमेरको बुढो पनि भएकाले मान्छे र पशुचौपायमाथि क्षती पु¥याएको हो । हामीले नियन्त्रणमा लिएर बाँकेमा रहेको उद्दार केन्द्रमा राखेका छौं ।’
याे पनि पढ्नुहाेस् : सल्यानबाट पाटेबाघ नियन्त्रणमा
दुई जनाको ज्यान कसरी लियो ?
आइतबार विहानै घरबाट जंगल लागेका चन्द र वली घरदेखि पाँच सय मिटरको दुरीमा मृत अवस्थामा भेटिए । घटनाको प्रकृति हेर्दा चन्दको पेट र वलीको घाँटीको भागमा खाइएको अवस्थामा फेला पारेको थियो । एक जनालाई बाघले आक्रमण गरेर मारेपनि अर्को व्यक्तिको कसरी मृत्यु भयो भन्ने जिज्ञासामा श्रेष्ठ भन्छन, ‘एक जनालाई आक्रमण गरेपछि अर्को व्यक्तिले छुट्याउन गएको हुनसक्ने र एक पटकमा दुवै जनालाई आक्रमण गरेको हुन सक्छ ।’
नरभंक्षी बाघ नियन्त्रणको माग राख्दै गत सोमबार स्थानीय बबईमा झरेर आन्दोलन गरेका थिए । निकुञ्जले जंगली जनावरहरुबाट नागरिकको मृत्यु भएमा जनही १०-१० लाख क्षतीपूर्ती रकम प्रदान गर्दै आएकाे छ । चन्द र वलीको शरिरमा खाइएको शवको आधारमा स्थानीयले बाघ बाहेक अन्य कुनैपनि जनावरले आक्रमण नगरेको दावी गरेका थिए ।
निकुञ्जले बाघलाई नियन्त्रणमा लिएपछि स्थानीयलाई केही राहत भएको छ । तर निकुञ्जले यो क्षेत्रमा अरु बाघ पनि हुनसक्ने भन्दै निकुञ्जको विशेष टोलीले गेरवानी क्षेत्रमा निगरानी राखिरहेको जनाएको छ ।
सुशील खड्का । २०७९ भाद्र २, बिहीबार