वन कार्यालय सुर्खेतको कार्यालय भित्रै एक पुरुषको मृत्यु, आफन्तको विरोध

सुर्खेत। डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको कार्यालय भित्रै एक जना पुरुषको मृत्यु भएको छ। लेकबेशी नगरपालिका–१० का अन्दाजी ५८ वर्षीया धनिराम लामिछानेको बिहीबार मृत्यु भएको हो।

मृतक लामिछानेका आफन्तकाअनुसार मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले लामिछाने र उनको श्रीमतिलाई पक्राउ गरि कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन्।

भाई रामप्रसाद लामिछानेले घर बनाउँनका लागि सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेको बताए। उनले भने, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाईलाई वनका चार जना कर्मचारीहरुले, लतार्दै, पिट्दै ल्याएका रहेछन्। अनी भाउजुलाई बाहिर निकाले र दाईलाई भित्र पठाएपछि यस्तो घटना घट्न पुग्यो।’

भाई रामप्रसादले वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्ने बाहना रचेको बताए। साथै आफन्तहरूले उक्त घटनाको सत्य, तथ्य छानबीन हुनु, पर्ने कर्मचारीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

लामिछानेलाई पक्राउ गर्नको लागि वीरेन्द्रनगर शव डिभिजन प्रमुख कृष्णराम धितालको ठाडो आदेशमा फरेस्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी लगतयतको टोली गएको थियो।

यस्तै, उनिहरुको अहिले डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत कार्यालय अगाडी विरोध जनाएका छन्।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई उनले आत्महत्या गरेको दाबी गरेको छ।

हाल लामिछानेको परिवार वीरेन्द्रनगर नगरपालिका–१३ भुतचोकमा बस्दै आएको छ।

तपाईको प्रतिक्रिया