लामिछाने मृत्युु प्रकरण : घटनाको वस्तुस्थिति बुझ्न कानुन मन्त्री शाही घटनास्थलमा

सुर्खेत। डिभिजन वन कार्यालयका कर्मचारीको कुटाईबाट मृत्यु भएको घटनाको वस्तुस्थिति बुझ्न कर्णाली आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाही डिभिजन वन कार्यालय सुर्खेतमा पुगेका छन् ।

बिहीबार वीरेन्द्रनगर-१३ भुतचोक ५८ वर्षीय धनिराम लामिछानेले सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव-डिभिजन कार्यालयका कर्मचारीहरुले पक्राउ गरेका थिए ।

तर, हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित बनेका आफन्तहरुले बिहीबार साँझदेखी कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन् । घटनामा सम्लग्न कर्मचारीलाई कारवाही नभएसम्म शव उठाउन नदिने अडान आफन्तहरुकाे  छ ।

तपाईको प्रतिक्रिया