लामिछाने मृत्यु प्रकरण : वन अधिकृतसहित चार जनाविरूद्व किटानी जाहेरी

सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले वन कार्यालयका सहायक वन अधिकृतसहित चार जना विरुद्व किटानी जाहेरी दिएका छन्।

आफन्तले शुक्रबार सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरीदिएका हुन्।

वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय मृतक लामिछाने वन सम्बन्धि मुद्दामा बिहीबार पक्राउ परेका थिए। वन कार्यालयका कर्मचारीहरूले मदन भण्डारी राजमार्ग अन्तरर्गत पर्ने नम्बर गरिएका सालको काठ काटेको आरोपमा पक्राउ गरेका थिए।

पहिला लामिछाने श्रीमतीलाई पक्राउ गरेका थिए भने पछि लामिछानेलाई पक्राउ गरि वन कार्यालयले वन कार्यालयमा लगेपछि कुटपिट गरि मारेको आरोप लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया