हुम्लाकी एक बालिका नुहाउँदै गर्दा कर्णाली नदीमा बगेर बेपत्ता

सुर्खेत। कर्णाली नदीमा मामासँग नुहाउन गएकी एक बालिका बगेर बेपत्ता भएकी छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयकाअनुसार बिहीबार दिउँसो २ बजेर ५५ मिनेटको समयमा बालिका नदीमा बेपत्ता भएकी हुन्।

बेपत्ता हुनेमा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ तुम्चकी ६ वर्षीया समिक्षा भियाल छन्।

उनि आफ्नो मामा नाता पर्ने १० बर्षका मिलन टमाटासँग कर्णाली नदीमा नुहाउने क्रममा बगेर समिक्षा बेपत्ता भएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया