चाडपर्व शुरु भएपछि सुर्खेतका पसलहरु शनिवार पनि खुलै रहने

सुर्खेत। चाडपर्वहरु शुरु हुन थालेपछि हरेक महिनाकाे पहिलाे शनिवार बन्द रहने सुर्खेतका पसलहरु अवदेखि खुला नै रहने भएका छन्। यस अघि सुर्खेत उद्याेग बाणिज्य संघले हरेक महिनाकाे पहिलाे शनिवार अनिवार्य पसलहरु बन्द गराउने निर्णय गरेकाे थियाे। तर भाेली भदाै पहिलाे शनिवार बन्द गर्नु पर्ने सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरका पसलहरु खुला गर्न संघले व्यापारीहरुलाई अनुराेध गरेकाे छ ।

मुख्यगरी कृष्ण जन्माष्टमी शुरुसँगै वीरेन्द्रनगर बाहिरबाट आवश्यक सामग्री खरिद गर्न आउने नागरिकहरुलाई राहत प्रदान गर्न शनिवार पसलहरु खुला गर्नका लागि सूचना प्रवाह गरिरहेकाे संघका अध्यक्ष लक्ष्मण कँडेलले नेपालीरैबारलाई जानकारी दिए ।

उनले लगत्तै हरितालिका तीज लगायतका पर्वहरु भित्र लागेकाले फेन्सी र खुद्रा खाद्यन्न पसलहरु खुला राख्न व्यापारीहरुलाई आग्रह गरिएकाे बताए । उनले भदाै, असाेज र कार्तिकसम्मै पहिलाे शनिवार पसलहरु बन्द नहुने जनाए । ‘कुनै व्यापारीहरुले स्वस्फूर्त बन्द गर्नुहुन्छ भने केही छैन्। तर सकेसम्म व्यवसाय खुला नै राख्न भनिरहेका छाैं,’ कँडेलले भने ।

पहिलाे शनिवारसहित अन्य शनिवारहरुमा भने हार्डवयेर, अटाे माेवाइल्स लगायतका पसलहरु बन्द गरिदै आएकाे छ । यसअघि पहिलाे शनिवार अनिवार्य सबै व्यवसाय बन्द गर्नु पर्ने प्रावधान संघले लागू गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया