करेन्ट लागेर नेपालगञ्जमा बाबुछोराको मृत्यु

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा पछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको थियो। शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया