विद्यार्थीहरुको रोजाईंमा पर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ। पछिल्लो समय विद्यार्थीहरूको रोजाईंमा काठमाडौँ विश्वविद्यालय पर्दै गएको छ। ३१ बर्ष अगाडि सन् १९९१ मा स्थापना भएको विश्वविद्यालयमा विद्यार्थीहरूको रोजाईंमा पर्दै गएको हो। काठमाडौं विश्वविद्यालय ऐन, २०४८ अन्तर्गत स्थापना भएको विश्वविद्यालयले विभिन्न संकायमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

विश्वविद्यालयका प्रवक्ता डाक्टर उद्धब प्याकुरेलले विद्यालयलले स्कुलअफ साईन्सबाट इन्टरमेडियट अफ साइन्सको एक शैक्षिक कार्यक्रमबाट सात वटा विद्यालय गरि दुई सय बढी विषयमा शैक्षिककार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

प्रवक्त डा. प्याकुरेलकाअनुसार उक्त सात वटा विद्यालयलहरुमा स्कुलअफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ एजुकेसन, स्कुल अफ आटर््स र स्कुल अफ ल अन्तर्गत विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य, शिक्षा, कला र कानून गरि दुई सय बढी विषयमा विद्यार्थीहरुले शिक्षा प्रदान गरिरहेका छन्।

मागअनुसार नयाँ कार्यक्रम थप

यस्तै, विश्वविद्यालयले बजारको माग अनुरूपको प्राविधिक तथा पेसागतका कार्यक्रमहरू सञ्चालन गरेको छ । जस अनुसार क्रममा स्नातक कृषि विज्ञान, कृत्रिम इन्जिनियरिङ्मा स्नातक र मास्टर, शहरी अध्ययनमा मास्टर, मिडिया अध्ययनमा मास्टर, ललितकलामा मास्टर, प्राविधिकमा शिक्षा स्नातक लगायतका नयाँ कार्यक्रम थपेर विधार्थीका माग पूरा गरेको विश्वविद्यालयले जनाएको छ ।

३८ हजार बढी विद्यार्थीलाई दिक्षित

विश्वविद्यालयले २७ वटा दिक्षान्त कार्यक्रममार्फत हालसम्म ३८ हजार तीन सय ३९ विद्यार्थीहरुलाई दिक्षित गरिसकेको छ। दिक्षित मध्ये झण्डै १३ प्रतिशत विधार्थी विदेशी रहेको विद्यालयका प्रवक्ता प्याकुरेलले जानकारी दिए।

हालसम्म दक्षिण एशियाका देशहरु बाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसियासहित ५१ देशका विद्यार्थी दिक्षित भएका छन्। विदेशी विद्यार्थी मध्ये नेपालभन्दा धेरै टाढा रहेका जाम्बिया, दक्षिण अफ्रिकाका जस्ता देशबाट पनिदर्जन बढी विद्यार्थीले काठमाण्डौ विश्वविद्यालयबाट नै आफ्नो उच्च शिक्षाको गन्तव्य छानेका विद्यालयले दाबी गरेको छ।

यस्तै, नेपालले चाहँदा अन्तराष्ट्रिय विद्यार्थीहरूको आकर्षक गन्तव्य रहने देखिएको र त्यसका लागि विश्वविद्यालयले थप पहल शुरु गरेको काठमाण्डौ विश्वविद्यालयका अधिकारीहरूको भनाई रहेको छ।

विद्यालयका प्रवक्ता प्याकुरेलले विश्वका विभिन्न पुराना र अब्बल विश्वविद्यालयको सहकार्यमा रहेर सुरुआति दिनदेखि नै आफ्ना कार्यक्रममा नयाँ आयाम दिँदै आएको बताए। उनले भने, ‘काठमाडौँ विश्वविद्यालयले आफ्नो उचाई लिन सफल भएको छ। त्यसले विश्वका ३३ देशका दुई सय ३५ शैक्षिक संस्थाले सहकार्यका लागिसमेत हात बढाएका छन्।’

केहि समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा केयुले दुई प्रधानमन्त्रीको रोहवरमा मद्रासस्थित आइआइटीसँग उर्जा साइन्स विषयमा एमइ कार्यक्रम संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका विद्यालयले जनाएको छ।

त्यसको लगत्तै हैदराबाद स्थित दुई शैक्षिक संस्थान भारतीय प्रागौधिक सस्थान (आइआइटी) र अंतर्राष्ट्रीय सूचना प्रौद्योगिकी संस्थान (आइआईआइटी)सँग मेडिकल टेक्लोलाजी विषयमा सयुक्त रुपमा अध्यापन र अनुसन्धान लगायत अन्य सहकार्यको ढोका खोलेको काठमाडौँ विश्वविद्यालयको भनाई रहेको छ।

विद्यार्थीहरूलाई अनुसन्धानमा सहभागि गराई सिकाउने विद्यालयको विधी

यस्तै, विश्वविद्यालयले विद्यार्थीहरूलाई कक्षागत शिक्षण मात्रै नभएर फिल्डमा गएर अनुसन्धानमा सहभागि गराई सिकाउने विधि बनाएको छ। त्यसकालागि नेपाल तथा विदेशका अनुसन्धानकर्ताहरूसँग विद्यालयले हातेमालो गर्दै आएको छ।

समाज विज्ञानमा चासो राख्ने आफ्ना विद्यार्थीहरुलाई अवसर दिन र विश्वविद्यालय नै समाज विज्ञानका विविध आयाममा अब्बल बनाउँने प्रयास स्वरुप देशको बदलिँदो अवस्थाबारे जनताको धारणा बुझ्नको लागि महत्वपूर्ण र स्थापितजन मत सर्वेक्षणहरू पनि गर्दै आएको प्रवक्ता प्याकुरेले जानकारी दिए।

उनकाअनुसार सर्वेक्षणहरूले जनताको अवस्था, विचार र प्राथमिकताको बारेमा सरकारलाई राम्रोसँग बुझाउन, र त्यसअनुसार आफ्नोबाटो बदल्नको साथै शासन तथा सेवाप्रवाहमा सुधार गर्न समेत मद्दत गर्ने मान्यता विद्यालयले लिएको छ।

साथै नेपालको सन्दर्भमा व्यक्तिगत सुरक्षा, विवाद समाधान, सुशासन, पहिचानको राजनीति, आर्थिक परिदृष्य र देशको समग्र दिशा वरपरका सरोकारबारे सार्वजनिक धारणा बुझ्न काठमाडौँ विश्वविद्यालयको नेतृत्वमा र इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) तथा दिएसिया फाउन्डेशन (दिफाउण्डेशन)को सहकार्यमा ९३ जना सर्वेक्षक मार्फत यस वर्षको जनमत सर्वेक्षण विश्वविद्यालयले गरिएको विद्यालयका प्रवक्ता डा. प्याकुरेलको भनाई रहेको छ।

इस्तै, बहु चरणको नमुना विधी र प्रतिनिधि मुलक नमूनामा आधारित भई राष्ट्रिय स्तरमा देशका सातै ओटा प्रदेशका मनाङ्घ बाहेकका ७६ जिल्लाका पाँच सय ८८ वडाका सात हजार ६० जना नेपाली जनता माझ पुगेर यो काम सम्पन्न हुने विद्यालयले जनाएको छ।

यस्तै, प्रकारको सर्वेक्षण फेब्रुअरी–मार्च, २०२० मा सम्पन्न भएको थियो भने नोभेल कोरोना भाइरस (कोभिड—१९) को वेभले गर्दा यसलाई नियमितता दिन सकिएको थिएन। यसै सर्वेक्षणको अनुगमनमा आएको अवसर पारेर काठमाण्डौँ विश्वविद्यालयका प्रवक्ता डा. उद्धब प्याकुरेल र प्रा.डा. धिरज गिरिसँग छलफल भएको थियो।

तपाईको प्रतिक्रिया