मेयर लम्सालले गरे वाचा पूरा, तलब भत्ता विपन्नलाई सहयोग

बर्दिया । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले स्थानीय निर्वाचनमा आफूले गरेको मुख्य बाचा पूरा गरेका छन्।

चुनावको समयमा आफू नगर प्रमुखमा जितेपछि आफूले नगर प्रमुखको हैसियतले पाउने सम्पूर्ण सेवा सुविधा जनताको सेवामा खर्चिने बताउनु भएको थियो। सोही अनुसार आफ्ना बाचा पुरा गर्दै अघि बढेको नगर प्रमुख लम्सालले बताउनु भएको छ।

नगर प्रमुखको हैसियतले आफूले राज्यबाट पाउने सेवा सुविधा बापतको सम्पूर्ण रकम नगर भित्र रहेका अति विपन्न परिवारका सदस्यहरूको आधारभूत आवश्यकतामा पूरा गर्न खर्चिने बताएअनुसार अघि बढेको जनाउनु भएको छ।

सामाजिक सञ्जाल मार्फत आफूले नगरपालिका र अन्य संघ संस्था बाट हाल सम्म प्राप्त गरेको १ लाख १३ हजार ३ सय ३५ रुपैयाँ साठ्ठी पैसा र भदौ ४ गते सम्म खर्च भएको ७५ हजार १ सय २२ रुपैया १३ पैसा बराबरको विवरण पेश गर्नु भएको छ।

ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल राहत कोष स्थापना गरी सोही मार्फत सहयोग सुरु गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया