सुर्खेत। नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतले नाटक मञ्चन गरेको छ। वीरेन्द्रनगरमा आइतबार ‘चेतनाको बिउ’ नामक नाटक मञ्चन गरेको हो।
जिल्ला समन्वय समिति सुर्खेतका उप–प्रमुख सचिन बडुवालको प्रमुख आतिथ्यतामा र सुरक्षा निकाय, शिक्षक, इत्राम स्कुलका विद्यार्थीहरू र परिलक्षित संस्थाका सुर्खेत जिल्ला कार्यक्रम अधिकृतको अतिथि रहेकोमा अपाङ्गता भएकै व्यक्तिहरू नाटक मञ्चन गरेका हुन्।
नाटक कार्याक्रममा बोल्दै जिसस उप–प्रमुख सचिन बडुवालले अपाङ्गताको सवालमा राज्यले सम्बोधन गर्नुपर्ने पक्षहरू थुप्रै रहेको भन्दै आगामि दिनमा शहरी विकास मन्त्रालय मार्फत निर्माण हुने सबै किसिमका पूर्वाधारहरूमा अपाङ्गता मैत्री बनाउन पहिलो प्राथमिकता दिई काम गराउँन महत्वपूर्ण भुमिका खेल्ने बताए ।
साथै बडुबालले इन्जिनियर डिजार्इन गर्दा नै अपाङ्गता मैत्री बनाउन विशेष ध्यान दिई कार्ययोजनाको लागत गणना गर्ने गरि काम गर्नुपर्ने बताए।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै संस्थाको सुर्खेत शाखाका उपाध्यक्ष उत्तम बिकले नाटकले बालबालिका देखि सबै सरोकारवालालाई एकै स्थानमा राखेर प्रदर्शन गर्दा बाल मस्तिस्कमा सकारात्मक प्रभाव र सरोकारवालामा पनि सहजै समस्याको बोध गराउने हेतुले नाटक प्रदर्शन गरिएको जानकारी दिए।
कार्यक्रममा श्री कृष्ण संस्कृत तथा सा साधारण स्कुलका विद्यार्थीहरू, नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतका पदाधिकारीहरू, वीरेन्द्रनगरका महिला बालबालिका शाखाका सरला रेग्मीलगायत ६० बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन चेतन सुनारले गरेका थिए भने संस्थाका अध्यक्ष शेरबाहादुर ओलीले समापन गरेका थिए ।
नेपालीरैबार । २०७९ भाद्र ६, सोमबार