युवाहरुको क्षमता अभिवृद्धिका लागि तालिम

सुर्खेत। युथ प्यानलका लागि संघियता तथा संवैैधानिक सारक्षरता सम्बन्धि दुई दिने क्षमता अभिवृद्धि तालिम वीरेन्द्र नगरमा शुरु भएको छ। हेल्भेटास र युरोपियन युनियनको सहकार्यमा महिला सशक्तिकरण मञ्च नेपालले (प्रोयेल) परियोजना अन्तर्गत युथ प्यानलका लागि तालिमको आयोजना गरेको हो।

उक्त परियोजनाले कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा पालिकामा मार्च २०२२ देखि युवाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ काम गदैँ आइरहेको छ।

परियोजनाको उदेश्य वारे (प्रोयेल) परियोजनाका प्रार्देशिक संयोजक डन्डीराज उपाध्यायले प्रष्ट पारेका थिए। परियोजनाको उदेश्य युथ प्यानलको सक्रियतामा कोभिड पुनस्र्थापना र विकासमा योगदान पु¥याउने रहेको छ। स्थानीय शासन प्रक्रियामा युवा नागरिकहरूको संलग्नतालाई बढाउने रहेको छ।

प्रियोजनाले युवा नागरिकहरूले स्थानीय सरकारहरूसँग अर्थपूर्ण संवादको माध्यमबाट आफ्ना अधिकार÷कर्तव्यहरू प्रभावकारी रूपमा प्रयोग गर्न सहयोग गर्ने अपेक्षा राखिएको छ ।

गुरासँ गाउँपालिका तथा डुंगेश्वर गाउँपालिका दैलेख,लेकबेसी नगरपालिकाका युथ प्यानलहरुको सहभागिता रहेको छ । सिम्ता गाउँपालिका सुर्खेत र भेरी नगरपालिका जाजरकोटका युवाहरुका लागि यहि भाद्र नौ ÷दश गते भेरी नगरपालिका जाजरकोटमा सञ्चालन हुने संयोजक उपाध्यायले बताए ।

युवा नागरिकहरु स्थानीय शासन प्रक्रियाको बारेमा जानकारी गराइएको छ। स्थानिय शासन प्रक्रियामा रचनात्मक रुपमा संलग्न र अर्थपूर्ण सहभागिता बढाउने अपेक्षा तालिमको छ।

स्थानियशासन र विकास प्रक्रियामा अर्थपूर्ण युवा संलग्नताको बारेमा संघ÷प्रदेश÷स्थानिय सरकारका सम्बन्धित निकायहरुलाई बढी उत्तरदायी गराइने उदेश्य राखिएको छ।

तलिमको सहजीकरण हेल्भेटास नेपालका कार्यक्रम व्यवस्थापक वद्री मानन्धरले गरेका थिए। संघियताको अवधारणा,संघियताको मर्म र स्थानिय सरकारको संरचनाबारे उनले प्रष्ट पारेका थिए।

उनले भने, ‘परियोजनाको युवा सहभागिता बढाउने उदेश्य हो। गाउँपालिका नगरपालिकाका प्रावधानवारे युवालाई बढी जानकारी गराउनुपर्छ । स्थानिय सरकारको संरचना यसका समितिहरु संग बढी युवाहरु जानकार हुन आवश्यक छ ।’

सामाजिक जवाफदेहिताका औझारबारे पनि छलफल भएको थियो। तालिममा तीन वटा पालिकाका २९ जना युवाहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया