सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं। सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुन ९५ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

सोमबार चाँदीको मूल्य एक हजार १६५ रुपैयाँ प्रतितोला तोकिएको छ। आइतबार चाँदीको प्रतितोला मूल्य एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया