वीरेन्द्रनगरबाट लागूऔषधसहित एक पक्राउ

सुर्खेत। जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट लागूऔषधसहित प्रहरी एक जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो १२ बजेको समयमा वीरेन्द्रनगर–११ पिपिरा स्थित देउती बज्यै मन्दिर नजिक पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ का १९ वर्षीया प्रतिक केसी रहेको प्रहरीले जनाएको छ। तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश ब्युरो, लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोसाकका संयुक्त प्रहरी टोलीले केसीको घरबाटै पक्राउ गरेको हो।

प्रहरीले केसी सुत्ने कोठामा रहेको बाकसमा प्लाष्टिक भित्र लुकाएर राखेको एक पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो।

तपाईको प्रतिक्रिया