सुर्खेतको भेरीगंगा–९ जहरेमा वेवारिसे शव फेला

सुर्खेत। जिल्लाको भेरीगंगा नगरपालिका–९ जहरेमा वेवारिसे शव फेला परेको छ। मंगलबार बिहानको समयमा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले अनुसार अन्दाजी ६०/६५ वर्षको पुरुषको शव फेला परेको जानकारी दिए। उनकाअनुसार हालसम्म उक्त शवको पहिचान हुनसकेको छैन्।

हाल उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक रमेश राईको टोली खटिएको डिएसपी कार्कीले बताए।

प्रहरीकाअनुसार उनले जहरेकै एक स्थानीयको घरमा सोमबार साझको खाना मागेर खाएको बाटो हिँडेका थिए। उनलाई स्थानीयले बाटो हिँड्ने (वटुवा) जस्तो देखिने र बोल्न पनि नसक्ने अवस्थामा देखिएका प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया