मिटर ब्याजमा एक जनालाई २३ जनाले ठगेको उजुरी

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतमा १ जना पीडितले २३ जना मिटर व्याजीबाट ठगिएको उजुरी गरेका छन्।

सरकारले गैर कानूनी मानिएको मिटर ब्याजका नाममा ठगि मौलाएको भन्दै पीडितहरुलाई उजुरी दिन समय दिएपछि एक जनाले २३ जनाविरुद्ध प्रशासनमा उजुरी दिएका छन्।

प्रशासनमा जम्मा ११ वटा उजुरी परेकोमा २३ जनाले एक जनालाई पीडित बनाएका छन्, भने अन्य १० जनाले १० बाट लिएको मिटर ब्याज फिर्ता गरेका छैनन्।

सुर्खेतमा पछिल्लो मिटर ब्याजको अवैध धन्दा मौलाउँदै गएको पाइएको छ। छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराध त बढकै छ लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ। गैरकानूनी मानिएको मिटर ब्याजले घरजग्गा सखापसँगै कतिपयको परिवार नै धरापमा परेको अवस्था छ।

तपाईको प्रतिक्रिया