बालेन्द्र भन्छन्– नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ

काठमाडौं। महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ बानेश्वरस्थित अल्फा हाउसका संचालकले नक्सा मागेपछि आफू नक्सा र डोजर लिएर गएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेन्द्रले भनेका छन,‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गए। मैले के बिराएँ।’

महानगरपालिकाले बिहीबार दिउँसो अल्फा हाउसको अवैध संरचना डोजर लगाएर भत्काएको छ।

‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अवैधानिकरूपमा बनाइएको संरचना हटाइ दिनु होला,’ बालेन्द्रले भनेका छन्, ‘नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनुहोला।’

तपाईको प्रतिक्रिया