चौकुनेमा जंगली बदेलकाे आक्रमणबाट १ जनाको मृत्यु

सुर्खेत। जिल्लाको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका ५ बजेको समयमा चौकुने–२ बोलाका १९ वर्षीया विक्रम कठायतको मृग्यु भएको हो।

प्रहरीकाअनुसार सोही ठाउँका विक्रमसँगै २५ वर्षीया बमबहादुर कठायत र ३५ वर्षीया बिर्खबहादुर बुढा घर पालनको लागि खसि किन्न गएका थिए।

खसि किन्न जाने क्रममा चौकुने गाउँपालिका–२ दानीगौडा स्थित जंगलमा पुगेको बेला विक्रम दिशा गर्न जान्छु भनी जंगलतिर पसेका थिए ।

जंगलमा एक्कासी कराएको आवाज आएपछि साथमा गएका २ जना जंगलतिर गई हेर्दा जंगली जनावर बदेलले घाँटीमा हानी मृत्यु भएको भनि प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया