विद्यार्थीलाई पर्वको महत्व बुझाउन सास्कृतिक कार्यक्रम

बर्दिया। बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वाराले विद्यार्थीलाई पर्व मनाउनुको अर्थ र महत्वको बोध गराउने उद्देश्यले आज तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

सम्पूर्ण विद्यार्थीलाई आ–आफ्नो भेषभुषामा विद्यालयमा उपस्थित हुन अघिल्लो दिन नै जानकारी गरिएको र विद्यार्थीहरू पनि आ आफ्नो सांस्कृतिक भेषभुषामा सजिएर विद्यालयमा उपस्थित भएको विद्यालयका प्रधानाध्यापक बामदेव ढकालले जानकारी दिए।

यसरी विद्यालयमा पर्व र राष्ट्रिय दिवसलाई महत्त्व दिँदै विद्यार्थी सँगै पर्वको जानकरी सहित मनाउँदा प्रतक्ष्य सिकाइ हुने अपेक्षाको हिसाबले कार्यक्रमको आयोजना गरिएको ढकालले बताए।

आफ्नो सांस्कृतिक सम्पदाको संरक्षणमा यसले टेवा पुर्याउने उनको भनाई रहेको थियो। हिन्दू महिला हरुको महत्वपूर्ण पर्व तीजलाई लक्षीत गरी आयोजना गरिएको विशेष कार्यक्रममा तीज पर्वको शुरुआतदेखि मनाउनुको कारण र यसको महत्वबारे विद्यार्थीलाई जानकारी दिईएकाे हो।

अबका दिनमा विद्यालयले विद्यार्थीलाई प्रत्यक्ष ज्ञान गराउने हेतुले राष्ट्रीय पर्व र दिवस विशेष किसिमले मनाउँने योजना बनाएको र सोही अनुरूप यो कार्यक्रमको आयोजना गरिएको प्रअ ढकालले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया