पुरुष शिक्षकले खुवाए महिला शिक्षकलाई दर

बर्दिया। बर्दियामा सामुदायिक विद्यालयका पुरुष शिक्षकले खुवाए महिला शिक्षकलाई दर खुवाएका छन्। ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वाराको संयोजनमा ९ नम्बर वार्डमा रहेका ३ वटा सामुदायिक विद्यालयमा कार्यरत पुरुष शिक्षकहरुले महिला शिक्षक सहकर्मीहरुलाई दर खुवाएका हुन्।

बिहीबार हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खुवाई तथा तीज पर्वको शुभ कामना कार्यक्रम सम्पन्न गरेको छ।

तीन वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु गरी ४० जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरेको नेरामाबि ठाकुरद्वारामा प्रधानाध्याक बामदेव ढकालले जानकारी दिए।

पुरुष शिक्षक साथीहरुको लागत सहयोगमा दर खुवाई कार्यक्रम आयोजना गरिएको कौशल्यश्वरी माविका प्रअ शान्तिप्रसाद शर्माले बताए। तीन वटा सामुदायिक विद्यालयमा कार्यरत पुरुष शिक्षकको दाजोमा महिला शिक्षकको संख्या धेरै रहेको र संयोगबस् तीन वटै बिद्यालयका विव्यसका अध्यक्ष समेत महिला रहेको हुँदा एकै ठाउँमा भेला भएर तीज पर्वको शुभ कामना दिन दर खुवाई आयोजना गरिएको नेरामावि ठाकुरद्वारामा प्रअ बामदेव ढकालले जानकारी दिए।

यस कार्यक्रमबाट महिला शिक्षक दिदीबहिनीमा खुसीयाली छाएको र राम्रो कार्यको सुरुआत गरेकोमा तीन वटै सामुदायिक विद्यालयलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वाराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा चौधरीले धन्यवाद व्यक्त गरे।

तपाईको प्रतिक्रिया