निजामती कर्मचारी संगठनको निर्णय : निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्ने

सुर्खेत। नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमिति, कर्णाली प्रदेशको कार्यसमितिको दोस्रो पूर्ण बैठक सम्मपन्न भएको छ।

उक्त बैठकमा समितिका महासचिव राजेश आचार्यले प्रस्तुत गरेका संगठनिक प्रतिवेदन सुझावहरु सर्वसम्मत पारित भएका छन्।

शनिबार भएको बैठकले विभिन्न ९ बुँदे निर्णय समेत गरेको छ। जसमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामति सेवा ऐन यथाशीघ्र जारी गर्न संघ सरकार र प्रदेश सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ।

संगठनलाई सुदृढीकरण गरेर लैजाने, समितिको आगामी बैठक तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम पुस २२ र २३ गते गर्ने, कर्णाली प्रदेशमा पालिका अधिवेशन गर्न बाँकी रहेका स्थानीय तहहरुको पालिका अधिवेशन आगामि मंसिर मसान्तसम्म सक्ने पहल गर्ने निर्णय गरेको महासचिव आचार्यले जानकारी दिए।

यस्तै, बैठकमा संगठनका केन्द्रीय सल्लाहकार मोहन गिरी, संगठन कर्णाली इन्चार्ज प्रयागराज शर्मा, पेशागत महासंघ कर्णाली इन्चार्ज डोरप्रसाद उपाध्याय, सह–इन्चार्ज सिवप्रसाद सापकोटा साथै निजामति कर्मचारी संगठन कर्णालीका १० जिल्लाका अध्यक्ष तथा पदाधिकारी पनि सहभागी भएका थिए।

यस्ता छन्, निर्णयहरु

तपाईको प्रतिक्रिया