निर्माण व्यवसायी निर्वाचन : खड्काको अग्रता

सुर्खेत। नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ।

हालसम्म भएको मतगणनाकाअनुसार अध्यक्ष पदका उम्मेदवार पदम खड्काले अग्रता लिएका छन्।

एक सय मतगणना गर्दा ७९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जिसीले २० मत प्राप्त गरेका छन्।

आज भएको निर्वाचनमा करिब दुई सय ८० मतदातामा दुई सय ४५ मत खसेको छ।

 

तपाईको प्रतिक्रिया