सुर्खेत। बबई नदीले खतराको विन्दु पार गरेको छ। आइतबार रातभर परेको अविरल वर्षापछि बबई नदीले खतराको विन्दु पार गरेको हो।
जल तथा मौसम विज्ञान विभागकाअनुसार नदीमा बाढीले खतराको विन्दु पार गरेसँगै बर्दिया जिल्लामा पर्ने तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
तटीय क्षेत्रमा बाढीको सूचना प्रवाह गर्दै विभागले सतर्क रहन भनेको हो। बिहान साढे ७ बजेको सूचनाअनुसार बबई नदीको तटीय क्षेत्र रम्बापुर, रानीजरूवा आसपासका वासिन्दालाई सतर्क रहन भनिएको छ। अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको छ।
#AlertSMSBabai
भदौ १३,बिहान७:२०बजे
बबई नदी चेपाङ जलसतह खतरा तह पार गरेको र बढ्दो रहेको, जलाधारको तल्लो तटिय क्षेत्र रम्बापुर,रानीजरूवा आसपास बर्षा भईरहेकोले तटीय क्षेत्रमा जलसतह थप बढ्न सक्ने,बबई तटीय क्षेत्र र बर्दियाको डुबान भईरहने होचा स्थानमा २बजे सम्म सतर्क रहौ @NDRRMA_Nepal pic.twitter.com/U1BFDGZ84m— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 29, 2022
नेपालीरैबार । २०७९ भाद्र १३, सोमबार