रातो कामी उर्जा र कृष्णा शाह आर्थिक मन्त्रीमा नियुक्त

सुर्खेत। कर्णाली प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्यालयकाअनुसार सोमबार नव नियुक्त दुईमन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाईएको छ। प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउँने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो।

तपाईको प्रतिक्रिया