कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो मौसममा सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तपाईको प्रतिक्रिया