तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुन आज ३ सय रुपैयाँ महंगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजाबी सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

योसँगै आज छापावाल सुन ९४ हजार ८ सय र तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्यमा भने कुनै फेरबदल नभएको महासंघले उल्लेख गरेको छ।

आज चाँदीको मूल्य १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन सुन क्रमशः ९४ हजार ५ सय र ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया