वीरेन्द्रनगर–३ मा अनधिकृत संरचना हटाउन वडाको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नगरपालिका वडा नम्बर ३ ले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ।

वडाध्यक्ष विनोदसिं विष्टले मंगलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबीना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएका हुन्।

सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ। वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताए।

सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाउन लागिएको अध्यक्ष विष्टले बताए।

तपाईको प्रतिक्रिया