सुर्खेत बाणिज्य संघले मागपत्र बुझाउँदा अर्थमन्त्रीले भने, ‘तेलपानीमूनी सुरुङ खने मात्रै कर्णालीकाे समृद्धि’

सुर्खेत । सुर्खेत उद्याेग वाणिज्य संघले अर्थमन्त्री जनार्दन शर्मालाई २१ बुदे माग पत्र बुझाएकाे छ । मागपत्रमा कर्णालीमा भरपर्दाे विमानस्थल विस्तारदेखि यहाँकाे पर्यटकीय विकास र औद्योगिक क्षेत्र निर्माणलाई गति दिनमा विशेष काम थाल्न अर्थमन्त्रीलाई आग्रह गरिएकाे हाे ।

संघको कार्यालयमा गरिएको स्वागत कार्यक्रममा तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरी विभिन्न २१ बुँदे मागपत्र बुझाउँदै संघले यस्तो माग गरेको छ । मागपत्र हरेपछि अर्थमन्त्री शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडक र सुर्खेत भुरीगाउँ तेलपानीमा सुरुङ मार्गले कर्णालीको समृद्धिको नयाँ खाका कोर्ने विश्वास व्यक्त गरे ।

यहाँकाे व्यापार व्यवासायलाई थप उचाइँमा पुर्याउन सिँधै बाँके र बर्दियासँग जाेड्न तेलपानीमूनीबाट सुरुङ मार्ग यथाशिघ्र बन्न जरुरी रहेकाे आवश्यक रहेकाे शर्माले उल्लेख गरे । त्यसका लागि याे वर्ष बजेटमा समावेश भएकाले गति लिनेमा उनी विश्वस्त छन् ।

यद्यपी कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरमा ल्याउन लागिएकाे १३२ केभी विद्युत प्रशारण लाइनकाे निकुञ्ज क्षेत्रमा केन्द्रीय मन्त्रीपरिषद्काे बैठकले अनुमति दिएपनि अपेक्षाकृत काम हुन नसकेकाे बेला सुरुङमार्ग कल्पना बाहिरकाे विषय भएकाे टिप्पणि भइरहेकाे छ ।

तर अर्थमन्त्री शर्माले सुरुङमार्गले मात्रै कर्णाली प्रदेशकाे आर्थिक गतिविधि चलायन हुने आशय व्यक्त गरेका छन् । संघले बुझाएकाे मागपत्रमा मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाहमा गरिएको संकुचनको निर्णय पुर्निर्वचार गर्न माग गरेको छ ।

कर्जा प्रवाहको सीमामा गरिएको संकुचनले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने र निजी क्षेत्रमा थप चुनौति बढ्ने भन्दै संघले कर्जा विस्तार संकुचमा पुनर्विचार गर्नुपर्ने माग राखेको हो । कोभिडको महामारीबाट थलापरेको अर्थतन्त्रको पुनरुत्थानका लागि अघिल्ला वर्षहरुमा अपनाइएको पुनःकर्जा नीतिमा हाल गरिएको कडाई खुकुलो गरी निरन्तरता दिनुपर्ने मागपनि संघले गरेको छ ।

बैंकहरुले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियम अधिकतम् २ प्रतिशतसम्म लिने व्यवस्था र ब्याजदर एकल अंकमा सीमित गराउनुपर्ने माग गरिएको संघका अध्यक्ष लक्ष्मण कंडेलले बताए ।

सुर्खेतको साटाखानीमा प्रस्तावित १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्य आरम्भ गर्नुपर्ने भन्दै उनले हवाईसंगै सडक यातायातमा पनि सुधारका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा अर्थमन्त्री शर्माले यहाँकाे वस्तुगत समस्याहरु सम्बाेन्धन गर्न प्याकेजमा काम भइरहेकाे जिकीर गरेर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया