न्यायिक समितिलाई सामग्री हस्तान्तरण

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाको न्यायिक समितिलाई कानूनी सहायता कक्षका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको छ। संस्थागत सुधारमार्फत न्यायमा पहूँच अभिवृद्धि परियोजना २ को सहयोगमा सामग्री प्रदान गरिएको हो।

महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्द, कार्यक्रम निर्देशक लक्ष्मी थापाले गुराँस गाउँपालिकाका न्यायिक समितिका संयोजक शिवाकुमारी खड्कालाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएको सामग्रीमा एक थान दराज, एक थान टेबुल, कुर्सी रहेको छ। न्यायिक समितिको सेवा सहज रुपमा प्रदान होस भनेर सहायता कक्षका लागि सामग्री प्रदान गरिएको सशक्तिकरण मञ्चका अध्यक्ष चन्दले बताइन। उनले भनिन, ‘न्याय सम्पादनको कामलाई संघ संस्था, प्रहरी स्थानीय सरकार मिलेर सहजता प्रदान गनुपर्छ।’

मञ्चले विभिन्न चरणमा न्यायिक समितिका संयोजकहरुलाई तालिम दिइरहेको उनको भनाई रहेको छ।गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक खड्काले न्यायिक समितिको नीति कार्यविधि बनाएर न्यायिक सम्पादनलाई प्रभावकारी बनाइने बताइन्।

विभिन्न संघ संस्थाको साथ आवश्यक रहेको भन्दै उनले सामग्री उपलब्ध गराएकोमा मञ्चलाई धन्यवाद प्रदान गरिन्। कार्यकाल समालेदेखि न्यायिक समितिमा आठ वटा मुद्धा परेका छन् । उनले भनिन, ‘आठ मुद्धा परेकोमा दुई वटाको फैसला भयो चार बाँकी छन् । हाल कानूनी सहजकर्ता राखिएको छ ।’

तपाईको प्रतिक्रिया