नवौं राष्ट्रिय प्रतियोगितामा प्रदेश स्तरीय टिम छनोट सुरु

सुर्खेत । कर्णाली खेलकुद विकास परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो सहभागिताको लागि आन्तरिक तयारीलाई तिब्रता दिएको छ ।

भदौ १८ भित्र जिल्ला स्तरीय टिम छनोट गरिसक्ने गरी काम थालेको खेलकुद विकास परिषदले शनिवारबाट प्रदेश स्तरीय टिम छनोट गर्न थालेको परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।

शनिवारदेखि सुरु हुन लागेको प्रदेश स्तरीय उसु छनोट प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव विश्वामित्र संज्यालले हिजोका दिनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैन की भन्ने विभिन्न आसंकाहरु रहेको भए पनि  ती आसंकाहरु मेटिएको बताए ।

उनले उसु खेलले कर्णालीमा छुट्टै आँशा जगाउने गरेको भन्दै यो पटकको नवौं राष्ट्रिय प्रतियोगितामा पनि कर्णालीमा गोलमेडल ल्याउनेमा आफु विश्वस्त रहेको बताए ।

हिजोका दिनमा उसु खेलले कर्णालीको नाम चिनाएको हुनाले यो पटक पनि यहि खेलले कर्णालीलाई राष्ट्रिय रुपमा फेरी चिनाउनेमा आफु विश्वस्त रहेको भन्दै सदस्य सचिव संज्यालले सम्पूर्ण खेलाडीहरुलाई मेडल जित्ने गरी तयारीमा लाग्नको निर्देशन दिए ।

राष्ट्रिय प्रतियोगितामा सहभागिता भएर संस्थागत र व्याक्तिगत रुपमा मेडल बिजेता खेलाडीहरुलाई कर्णाली खेलकुद विकास परिषदको सिफारिसमा कर्णाली प्रदेश सरकारले पदक अनुसारको पुरस्कारको घोषणा गरिसकेकाले त्यो पुरस्कार जित्ने गरी तयारीमा लाग्न उनले हौसला दिए ।

सदस्य सचिव संज्यालका अनुसार आज देखि उसु प्रतियोगिताबाट सुरु भएको प्रदेश स्तरीय छनोट प्रतियोगिता अब विभिन्न प्रतियोगिताहरु निरन्तर हुदै जाने छन् भने भदौ २५ देखि मेडल सम्भावित खेलका खेलाडीहरु बन्द प्रशिक्षणमा रहने छन् ।

तपाईको प्रतिक्रिया