लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत। प्रहरीले लागूऔषध चरेश मुद्दामा फारार प्रतिवादी पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यायकाअनुसार पक्राउ पर्नेमा जाजरकोटी ६७ वर्षीया ओमकुमारी थापा रहेकी छन्।

उनि जिल्ला अदालत बाँकेले २०७१ मंसिर २५ गतेको फैसला आदेशले उनलाई लागूऔषध मुद्दामा एक वर्ष तीन महिना कैद भई एक् वर्ष एक महिना कैद बेरुजु रहि फरार भएकी थिएन्।

प्रहरीले जाजरकोटको नलगाड नगरपालिका–३ बस्ने वर्ष ६७ की ओमकुमारी थापालाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

उनलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालत जाजरकोटमा पु¥याएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया