बढ्यो सुन र चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११२५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया