वीरेन्द्रनगर पनि आक्रामक बन्दै, मुख्य बजार क्षेत्रका संरचना हटाउन अल्टिमेटम

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी चौकदेखी गणेश चौकसम्मका संरचना हटाउन अल्टिमेटम दिएको छ । मुख्य बजार क्षेत्रमा सडक स्तरोन्नतीको कार्य भइरहेकाले सो क्षेत्र भित्रका रहेका संरचनाहरु तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको हो ।

सडक किनाराका दुवैतर्फ रहेका विद्युतका पोल, तारहरु, नेपाल टेलिकमका पोल तथा तारहरु एवम विभिन्न सेवा प्रदायक संस्थाहरुले राखेका तार र पोलहरु हटाउन सात दिने सूचना जारी नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।

उनकाअनुसार सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्मँण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउन नगरपालिकाले अल्टिमेटम दिएको छ । निर्धारित समयभित्र संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानून अनुसार समयमै हटाउन अटेरी गरेमा कारवाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।

तपाईको प्रतिक्रिया