खाद्य अधिकार सम्बन्धि जनप्रतिनिधिलाई अन्तरक्रिया

सुर्खेत । खाद्य अधिकार सम्बन्धि काम गर्दै आएको संस्था फियान नेपालले जनप्रतिनिधिलाई खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूता सम्बन्धि अन्तर संवाद गरेको छ। बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका जनप्रतिनिधिलाई फियानले अन्तर संवाद कार्यक्रम गेको हो।

वीरेन्द्रनगर नगरपालिका, जिल्ला खाद्य अधिकार सञ्जाल सुर्खेत र फियान नेपालको आयोजना ‘बाँच्न पाउने अधिकारको अधार ः खाद्य अधिकार’ नाराका साथ खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूता सम्बन्धि अन्तर अवधारणागच जानकारी, कानूनी प्रावधान र कार्यन्वयनमा स्थानीय सरकारको भूमिका विषयमा अन्तर संवाद कार्यक्रम भएको हो।

उक्त संवादमा वीरेन्द्रनगर पालिका नगर प्रमुख मोहनमाया ढकाल, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, १ देखि १६ नम्बर वडका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूसँग अन्तरक्रिया भएको हो। फियान नेपालका सुरेशकुमार गौतम र अशोकबहादुर सिंहले आ–आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।

उक्त प्रस्तुतिकरण सुनिसके पछि वीरेन्द्रनगरको प्रमुख मोहनमाया ढकालले खाद्य सुरक्षाका कुरा गर्ने तर, नेपालीहरुले भारतबाट आएको तरकारीको उपभोग गर्नुपरेको बताइन्। उनले भनिन्, ‘त्यो पनि भारतबाट आएको तरकारी हामीसँग परिक्षणको व्यवस्था पनि छैन्, त्यसैले सरकारले पनि यस किसिमको नीति नियम बनाएर अगाडी बढ्नुपर्छ।’

साथै प्रमुख ढकालले खाद्य सम्बन्धि फियान नेपालले ध्यान थानेको बताउँदै अतिक्रमण भएका खेती योग्य जनिमको पनि खोजी गरिने बताइन्।

तपाईको प्रतिक्रिया