बारेकोटका युवा पुनको पहलमा एकल महिलालाई ३६ हजार सहयोग

अध्यक्ष गिरीद्वारा घर बनाइदिने प्रतिबद्धता

जाजरकोट । जिल्लाको बारेकोटका युवा समाजसेवी पुनद्वारा पहिरो पीडित एकल महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ।

बारेकोट गाउँपालिका–१ की पहिरो पीडित एकल महिला ललिता पुनलाई युवा समाजसेवी सुरेन्द्र पुनद्वारा नगत रकम ३६ हजार २ सय २५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, वडा अध्यक्ष ऐनबहादुर गिरी लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले पहिरोले पुर्ण रुपमा क्षती पुर्याएको घर बनाई दिने बताएका छन।

आफू जनप्रतिनिधि भएपछीका दिनमा बास्तबिक पिडितले पालिकाबाट सहयोग पाउने जानकारी समेत दिए। सो सहयोग रकम नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुले पठाएको युवा समाजसेवी पुनले बताएका छन।

तपाईको प्रतिक्रिया