सुर्खेत । डोटीको सायल गाउँपालिका–६ की २८ वर्षीषा धौली साउँदको हेलिकप्टरबाट उद्वार गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरि प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।
सुत्केरी हुन नसकेर अत्याधिक मात्रामा रक्तश्राव भएपछि उनको उद्वार गरिएको नेपाली सेनाको सुर्खेत स्थित पश्चिमी एरवेसले जनाएको छ।
हाल २८ वर्षीषा धौली साउँदको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
नेपालीरैबार । २०७९ भाद्र २३, बिहीबार