देश विकासको जिम्मा अब युवाले लिनुपर्छ भन्दै मेरो उम्मेदवारी : शाही

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता गोकर्णबहादुर शाही आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन्। उनि बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सस्दयका लागि उम्मेदवार सिफारिस भएका हुन्।

बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा प्रयाध्यापकसमेत रहेका गोकर्णबहादुर आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि कांग्रेसबाट सिफारिस उम्मेदवार मध्येका बलिया उम्मेदवारका सुचीमा पर्दछन्।

शाही विद्यार्थीकालदेखिनै राजनीतिमा होम्मिएका थिए। मावि कक्षादेखि नै राजनीतिमा होम्मिएका शाहीले विद्यालयमा हुने विभिन्न कार्याक्रमको नेतृत्वसमेत लिने गर्दथ्ये। त्यसैको प्रेरणाले शाही प्रदेश सभा सदस्यका लागि टिकट पाउँनेमा बलियो उम्मेदवारका रूपमा चिनिन्छन्।

‘राजनीतिमा लागेपछि सधैं एउटै व्यक्तिको हातमा, उनै पुरना नेताहरुले देशको विकासमा कुनै सिन्को नभाच्ने गफ धेरै लागाउँने, जिम्मेवार पदमा बसेको समयमा पनि कुनै विकास निमार्णका काम नगर्ने भएकाले यस्तो अवस्थाको व्यक्तिको अन्तका लागि हामी जस्ता व्यवसायिक तथा एकेडेमिक क्षेत्रका मानिसहरू राजनीतिमा सक्रिय हुन जरुरी छ।’ शाहीले भने।

यस्तै, शाहीले राजनीतिमा नजीर आवश्यक देखिएको भन्दै अब देशैभरि युवाहरु राजनीतिमा जाग्नु पर्ने बताए। शाहीले नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको आदर्शसँग निकै प्रभावित रहेर कांग्रेस पार्टी रोजेको बताए। उनले भने, ‘उहाँ प्रधानमन्त्रीहुँदा प्रधानमन्त्री कार्यालयमा भएको एउटा सामुहिक भेटवार्ताले मलाई सक्रिय राजनीतिको महत्ववोध गरायो। त्यसपछि म यो क्षेत्रमा सक्रिय भए।’

शाहीले थपे, ‘मैले सिनियर लिडर दाजुको अपमान गर्नु छैन। तर, सधैं उहाँहरू अवसर सदएर युवा पुस्तालाई नै अवसरबाट बन्चित गराउँदा राजनीतिबाटै युवा पलायनको जोखिम देखियो। त्यसैले देश विकासको जिम्मा अब युवाले लिनुपर्छ भन्दै मेरो उम्मेदवारी रहेको छ।’

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उक्त क्षेत्रबाट गोकर्णबहादुर शाहीसँगै बहालवाला प्रदेश मन्त्री सुरेन्द्रबहादुर हमाल लगायतका नेताहरुको नाम सिफारिस भएको छ।

तपाईको प्रतिक्रिया