वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१० का ३४ वर्षीया भरत विकलाई लागूऔषधसहित पक्राउ गरेको हो।

शंका लागेर उनलाई चेक जाँच गर्दा ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

विकलाई नियन्त्रणमा लगेर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ।

 

तपाईको प्रतिक्रिया