जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

सल्यान। सल्यानबाट जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत सल्यानबाट फैसला कार्यान्वयनको सिलसिलामा कैद ५ दिन र जरिवाना पाँच सय तोकेपछि उनि फरार भएका थिए।

प्रहरीकाअनुसार जबरजस्ती करणीका प्रतिवादी त्रिवेणी गाउँपालिका–२ का २८ वर्षीया गणेशकुमार राम्जा रहेका छन्।

उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानमा पठाएको छ।

तपाईको प्रतिक्रिया