एनएमबि बैंकका ग्राहकलाई सुभ होटेलले छुट दिने

सुर्खेत । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोड स्थित सुभ होटेल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रिय प्रमुख मित्रराज प्याकुरेल र सुभ होटेल प्रालितर्फबाट जनरल मनेजर दमनजंग शाहीलेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले होटेलमा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

तपाईको प्रतिक्रिया