कालीकोट नेपालकै कान्छो, पिछडिएको, भौगोलिक विकट्ताले सन्नाट छाएको, विकासका हिसाबले अर्धचेत अवस्थामा रहेको जिल्ला हो।माओवादी जनयुद्ध र जनक्रान्तिको अखडा सबैभन्दा धेरै माओवादीको नेता भएको जिल्ला, माओवादीको लालकिल्ला भएको जिल्ला। मैले थाहा पाउने बेला सबैभन्दा बढी भोट ल्याएर जितेर नागरिक उड्डयन तथा पर्यटन मन्त्री क. खड्क विश्वकर्मा ‘प्रकाण्ड’ पाएको जिल्ला।
त्यसपछि अत्याधिक मत ल्याएर जितेका महेन्द्रबहादुर शाही क.‘प्रज्वल’ नेपाल सरकारको उर्जा मन्त्री पाएको जिल्ला। त्यस लगत्तै बाम गठबन्धनबाट बहुमत ल्याएर कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री पाएको जिल्ला र बहुमत ल्याएर प्रतिनिधि सभा सदस्य दुर्ग रावत क. ‘उज्ज्वल’ सांसद भएको पाँच वर्षसम्म संसद भवनमा सुतेर भत्ता पचाउने सांसद पाएको जिल्ला अरु हैन् त्यहीँ कालीकोट हो।
कालीकोटका हजारौँ नागरिकको आँखामा छारो हालेर हामिलाई जिताउनुहोस् मात्रै कालीकोटलाई कायापलट पार्छौं भनेर चुनाव जितेकाहरु आफ्ना कार्यकर्ता लागि हेलिकप्टर चार्टर गरेर जाने । विडम्बना ! त्यहीँ नागरिक जसले मतपत्रमा छाप लगाएर हेलिकप्टरमा उड्ने स्थानसम्म पु¥यायो उ बिरामीहुँदा डोकोमा ? आफू बस्ने क्वाटर र आफ्ना भनाउदाहरुलाई एक वर्षमै महल बनाउन सघाउने, विडम्बना ! त्यही ठाउँ जहाँबाट उहाँहरुले प्रारम्भिक शिक्षा हालिस गरि यो स्थामना पुग्नु भयो त्यो विद्यालयका विद्यार्थी चौरमा !
भयो अब गुनासो नगरौँ जत्ती गरेपनी सक्किन्नन् गुनासोका पोकाहरु गुनासो गर्दा मन भक्कानिन्छ, छाती पोल्छ, आँखा रसाउँछन, बेदनाको लहर फुट्छ, जति गरेपनी चुनावको बेला हुन्छ गर्रौला र गर्न लगाउला जिताएर त पठाउनुहोस् अनि सब हुन्छ भनि हाल्छन। विडम्बना जितेर गएपछि कहिल्यै फर्किन्न र त्यहीँ भेट पहिलो हुन्छ। जब फेरि चुनाव आउँछ।
अब प्रश्न गरौं ?
१, तीन दशकदेखि निर्माणधीन सुनथराली विमानस्थल प्रत्येक पटकको निर्वाचनमा चुनावी नारा मात्रै कहिलेसम्म?
२, कर्णाली करिडोरको शास्ती कालीकोटवासीलाइ कहिलेसम्म?
३, राम्रो र सर्वसुलभ स्वास्थ्य उपचार कालीकोटका नागरिकले कहिले पाउने?
४, सांसद, मन्त्री, मुख्यमन्त्री भएर आफ्ना कार्यकर्ता, नातावाद, कृपावादहरुको भर्ती केन्द्र कहिलेसम्म बनाउँने?
५, कालीकोटका कयौं विकट वस्तिका नागरिक टुक्की, लोस्टा र सोलारको भरमा कहिलेसम्म बस्ने ?
६, गुणस्तरीय शिक्षाको नाममा विद्यालयलाई राजनीतिक अखडा कहिलेसम्म बनाउने ?
७, निःशुल्क वा सशुल्क, व्यवहारिक शिक्षा लागू गर्छौं भनेर बाडिने आश्वासन कहिलेसम्म ?
८, रोजगारी नामको उधारो नारा बनाएर चुनाव जित्ने अनि सर्टिफिकेट बाकसमा राखेर महिनौं सयौंको संख्यामा युवाहरु विदेशिनु पर्ने कहिलेसम्म?
९, सिचाँईको त कुरा छोडौं खानेपानीसम्म ल्याउन घन्टौं हिड्नुपर्ने वा पालो कुर्नुपर्ने कहिलेसम्म ?
१०, जनतालाई लाटा हुन, बुझ्दैनन्, पार्टीलाई भोट हालिहाल्छन भनेर उल्लु बनाउने कहिलेसम्म ?
११, सांसद, मन्त्री, मुख्यमन्त्री पाएको कालीकोटले हालसम्म पाएको उपलब्धि के ?
१२, छाकटार्नकै लागि भएपनि भारतका गल्ली–गल्ली नाम्लो बोक्दै हिड्नुपर्ने कहिलेसम्म ?
१३, राम्रो खेलमैदान खोज्दै खेल खेल्ने कौतुहलता मनमा खेलाडीहरुले कहिलेसम्म राख्नु पर्ने?
१४, छुवाछुत नामको कु–संस्कारको दासी भएर जातिय द्वन्द्व कहिलेसम्म ?
१५, दिनहुँ बलात्कारको बिगबिगी बढिरहदा डरै डरले घरबाट निस्किनु पर्ने कहिलेसम्म ?
…र अत्यमा माथिका सबै प्रश्नहरुको उत्तर खोज्यौं कि खोजेनौं ? पटक–पटक सांसद, मन्त्री, मुख्यमन्त्री पाएको कालीकोटका जनताले के पाए ? विकासको अनुभुती कत्तिको गर्न पाए ? र फेरि उहीँ व्यक्तिलाई नै जिताउन कम्मर कस्ने हामिहरु आत्म समीक्षा गरौं।
के कालीकोटमा उहाँहरुको विकल्प अरु छैनन ? कि भएर पनि बोल्न सक्दैनन वा नेतृत्व गर्न सक्ने क्षमता छैन् ? पटक–पटक भएका यी नेताहरुले अब गर्छन भनेर जिताउन लाग्ने कि ? नयाँ अनुहारलाई जिताउने यो सोच्ने बेला हो। विवेक पु¥याउने बेला हो। यदि यो बेला कामको परीक्षण गरिसकेका नेताहरुलाई नै जिताउने हो भने बन्द गरौं राजनीतिमा युवा आउनुपर्छ, युवा चाहिन्छ भनेर फेरि उहाँहरुलाई नै जिताउने हो भने अरुले म राजनीति गर्छौ भनेर घोक्रो फुट्ने गरि किन कराउँने ?
अन्तिममा विकासको अर्धचेत अवस्थामा रहेको कालीकोटलाई अझ पाँच वर्षपछि धकेल्ने त ? साच्चिकै सोचौं यो चोटि कालीकोटले विकल्प खोजिरहेको छ। र विकल्पसहितको नेतृत्व चुनेर पठाउने जिम्मा तपाईं हाम्रो।
गोकर्ण प्रसाद उपाध्याय । २०७९ भाद्र २९, बुधबार