सुर्खेत । पल्सर सिरिजको सवैभन्दा सानो मोटरसाइकल एनएस १२५ कर्णालीमा पनि भित्र्याइएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाल भित्र्याएको सो मोटरसाईकल आजदेखि कर्णाली प्रदेशमा असिम अटो पार्टसले पनि सार्वजनिक गरेको हो ।
२ लाख ८० हजार रुपैयाँ मूल्य रहेको एनएस १२५ गत वर्ष भारतमा सार्वजनिक भएको थियो । तर एनएस मोटरसाइकल ढिलै गरी भएपनि सुर्खेतमा समेत यो वर्षदेखि भित्रिएको हो । पल्सर एन सिरिजका अन्य वाइकमा जस्तै यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर प्रेरिरत रहेको बजाजको आधिकारिक विक्रेता असिम अटो पार्टस सुर्खेतका सञ्चालक लक्ष्मण कँडेलले जानकारी दिए ।
उनकाअनुसार यो नयाँ मोटरसाइकलमा कम्पनीले १२४.४५ सिसीको विएस ६ इन्जिन जडान गरेको छ । किक र सेल्फ दुवै तरिकाले स्टार्ट गर्न मिल्ने सुविधा दिइएको यसको अधिकतम पावर १२ पिएस र टर्क ११ एनएम रहेको कँडेलले बताए । यसमा ५ स्पिड गियरवक्स दिइएको छ भने उच्चतम गती ११८ किलोमिटर प्रतिघन्टा रहेको छ । यो वाइकले प्रतिलिटर इन्धन खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने दावी गरिएको छ ।
यो वाइकको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम व्रेक जडान गरिएको छ । एविएस उपलब्ध नभएपनि यसमा कम्वाइन व्रेकिङ सिस्टम भने दिइएको छ । स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम तथा ग्राउन्ड क्लिरियन्स १७९ एमएम रहेको छ ।
स्लिक हेडल्याम्प र पल्सरको ट्रेडमार्क हेडलाइटले वाइकलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ । यसमा ट्विन पाइलट ल्याम्पसहित हेलोजन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिइएको छ । वाइकमा एनालग डिजिटल क्लस्टर जडान गरिएको छ ।
मूल्य कम गर्न बाजजले एनएस सिरजका अन्य वाइकमा जस्तो यसमा धेरै फिचर्स भने उपलब्ध गराएको छैन । नेपाली बजारमा यसले टिभिएस रेडरसंग कडा प्रतिस्पर्धा गर्ने देखिएको बजाज कम्पनीले जनाएको छ ।
नेपालीरैबार । २०७९ भाद्र ३०, बिहीबार