नेपाल बैंकर्स एसाेसियसन कर्णालीकाे दोस्रो वार्षिकोत्सव : कर्णाली प्रदेशमा डिजिटल कारोवारलाई प्राथमिकता दिने

सुर्खेत । नेपाल बैंकर्स एसाेसियसन कर्णाली प्रदेशले प्रदेशलाई डिजिटल कारोवारमा प्राथमिकता दिने भएको छ। बैंकर्स एसाेसियसन संघकाे दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार सुर्खेतमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरकारकारी कार्यालय, संघसंस्था, व्यापार व्यवसाय तथा विद्यालयलाई डिजिटलमैत्री बनाउने विषयमा छलफल भएको हो।

प्रवधिमैत्री विद्यालय बनाउने उद्देश्यका साथ नारायण नगरपालिका दैलेखको सेवा क्षेत्रभित्र पर्ने विद्यालयमा शैक्षिक बोर्डको स्थापना गरिने भएको हो। एसोसियसनको सामाजिक उत्तरदायित्व अन्तर्गत बोर्ड स्थापना गर्न लागिएको एसोसियसनले जनाएको छ।

कर्णालीमा सेवा प्रदान गर्दै आएका विभिन्न १२ वटा बैंकका प्रदेश प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा कर्णालीलाई विस्तारै डिजिटल काराेबार बनाउने गरी बैंकहरु लागि परेको जनाइएको छ। जसका लागि सेवाग्राहीलाई आर्थिक कारोवार डिजिटल माध्ययमबाट गर्न जनचेतनामुलक कार्यक्रम गर्ने, क्यूआर कोड प्रयाेग, ट्यावलेट पेमेन्ट, मोवाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्ने जस्ता कार्यक्रम गरिने बैंकर्स एसोसियसन कणर्ालीका संयोजक एवम् एनआईसी एसिया बैंकका कर्णाली प्रदेश प्रमुख राजनप्रसाद पोखरेलले जानकारी दिए।

पछिल्लो समय डिजिटल कारोवारमा राष्ट्र बैंकले चासो दिएपछि ककर्णालीमा पहिलो पटक दैलेख सदमुकाममा डिजिटलमैत्री विद्यालय तथा पालिका निर्माणको अवधारणा लागु गर्न लागिएको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिती रहने पोखरेलको भनाई छ। विद्यालयमैत्री शैक्षिक बोर्ड स्थापना गर्न करिव करिव ४ लाख लागत लाग्ने जनाईएको छ।

यस्तै अब नयाँ नोट लिन नेपालगन्ज धाउनु नपर्ने भएको छ। बैंकर्स एसोसियसनको पहलमा अबदेखि सिधैं राष्ट्र बैंकको सिफारिसमा कर्णालीको कोटामा रहेका नयाँ नोट सिधैं बैकले प्राप्त गर्न सकिने बताईएको छ। गत बर्षकाे दशैंमा ४० करोड लागतमा साना नयाँ नोट छापिएका छन्। वर्षेनी विदेशिने मुद्राले देशको मुद्रा संचिती घट्दै जानुले देशलाई थप आर्थिक संकटतर्फ धकेलिदै गएकाले साना नोट प्रयोगमा घटाउनु पर्नेमा जोड दिइएको छ।

यस्तै बैंकहरुले विदेशी मुद्रा सटही नगरी दिदा सेवाग्राहीमा परेको असुविधालाई ध्यानमा राख्दै सबै बैंकले नोट सटहीको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएको छ।

तपाईको प्रतिक्रिया