अछाम पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १७ पुग्याे

अछाम । अछाममा बाढी तथा पहिरोमा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। जिल्लाको तुर्माखाद गाउँपालिकामा ४ जना कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा ७ जना,कमलबजार नगरपालिका वडा नम्बर ८ मा ५ जना र ढकारी गाउपालिकामा १ जना गरि १७ जनाले ज्यान गुमाएका हुन्।

१७ जनाको शव भेटिदा ६ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। बाढी तथा पहिरोमा परि घाईते भएका ११ जनाको नेपाली सेनाको हेकिकप्टरद्वारा उद्धार र्ने तयारी भईरहेको छ।

उनीहरुलाई उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगिने तयारी भईरहेको जिल्ला प्रशासन कार्यलय अछामले जानकारी दिएको छ। बाढी तथा पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ।

तपाईको प्रतिक्रिया