विचार

संसदीय क्षेत्रमा मेरो पहिलो अनुभव

२०७४ साल मंसिरमा, हुम्ला जिल्ला निर्वाचन क्षेत्र १ (क) बाट म निर्वाचित भएपछि, संसदीय क्षेत्रमा मेरो पहिलो अनुभव थियो। प्रदेश सभा र प्रदेश सरकार स्वयम पनि नयाँ र पहिलो अभ्यास थिए।

विकास र समृद्धिको बिराट सम्भावना बोकेको हाम्रो हुम्ला र कर्णाली अबिकास र गरीबीको चङुलमा अल्झीरहेको अवस्थामा यसलाई छिचोल्ने हुटहुटी हुनु एक जननिर्वाचित प्रतिनिधिलाई स्वभाविक थियो छ पनि।

प्रदेश सभा सदस्यका नाताले करिब ५ बर्षको कार्यकाल आजबाट पूरा हुँदै छ। यस अवधिमा ३ बर्ष २ महिना कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीका रुपमा काम गर्ने अवसर प्राप्त भयो। कोरोना महामारीको नियन्त्रणलाई प्रभावकारी बनाउदै कर्णाली प्रदेशको स्वास्थ क्षेत्रको विकास र विस्तार निकै मेहेनतका साथ सप्पन्न गरियो। स्वास्थ, शिक्षा र खेल क्षेत्रको पुर्बाधार निर्माणमा गति दिने काम भयो।

सामाजिक सुरक्षाका नवीन र लक्षित बर्गलाई लाभान्वित गर्ने खालका महत्त्वपूर्ण कार्यक्रम प्रारम्भ भए। संरचनागत सुधार र विस्तार, विभागिय नीति र कानून निर्माणका हिसाबले समेत निकै प्रभावकारी काम भए। प्राविधिक शिक्षा हासिल गरेका जनशक्तिहरुलाई रोजगारीका थुप्रै अवसर दिने र सेवा क्षेत्र विस्तार गर्ने कामहरु भए।

मेरो निर्वाचन क्षेत्र र हुम्ला जिल्लामा सडक, स्वास्थ, शिक्षा, खेल, कृषि, संस्कृति र पर्यटन क्षेत्रको पुर्वाधार विकासका साथै सेवा क्षेत्रको विस्तार गर्ने कामको सुरुआत उल्लेख्य रुपमा भयो।

मलाई अमुल्य मत दिएर यो अवसर दिनुहुने आदरणीय हुम्लावासी र हाम्रो गौरवशाली पार्टी एमालेको विश्वास र जनादेशलाई सदैव सिरमा राखेर कहिल्यै झुक्न र टुट्न नदिने गरि उच्च नैतिक वलकासाथ सरकारमा हुँदा वा संसदमा प्रभावकारी भूमिका खेल्ने प्रयत्न गरियो। फेरि पनि एक राजनीतिक कार्यकर्ताको नाताले पदमा हुँदा वा नहुँदा मेरो भूमिकामा कदापि कमि नआउने विश्वास व्यक्त गर्दछु।

मलाई यो ऐतिहाँसिक अवसर प्रदान गर्नुहुने, आवश्यक सहयोग, सद्भावका साथै मार्गदर्शन गर्नुहुने, समआदरणीय हुम्लावासी आमाबुवा, दाजुभाइ दिदीबहिनी, हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले), सम्माननीय राष्ट्रपति, तत्कालीन सम्माननीय प्रधानमन्त्री तथा हाम्रो पार्टीका श्रद्वेय अध्यक्ष, पार्टीका विभिन्न तहमा रहनु भएका आदरणीय नेता कमरेडहरु, तत्कालीन बामगठबन्धका आदरणीय कमरेडहरु, माननीय प्रदेश प्रमुखहरु, कर्णाली प्रदेश सभाका माननिय सभामुख, माननिय उपसभामुख लगायत आदरणीय माननीयहरु, प्रदेश सभा संसदीय दलका आदरणीय नेता, प्रमुख प्रतिपक्ष दलका आदरणीय नेताहरु, संसदीय समितिका सभापतिहरु, प्रदेश सरकारका माननिय मुख्यमन्त्रीहरु, माननिय मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरु लगायत सम्पुर्ण राष्ट्रसेवक कर्मचारी साथीहरू, स्थानीय सरकारका साथीहरू, सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, संचार क्षेत्रका आदरणीय संचारकर्मी साथीहरु, दुई पक्षीय, बहुपक्षीय विकास साझेदार लगायत विभिन्न संस्था र निकायका प्रतिनिधिहरु, सम्पुर्ण पेशा ब्यवसायका आदरणीय ब्यक्तित्वहरु, आदरणीय कर्णालीवासी नागरिक लगायत सबै–सबैमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।

नेकपा (एमाले) केन्द्रीय सदस्य रावल कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री हुन्।

तपाईको प्रतिक्रिया